यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गर्नुभएको छ । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो । यो विधयेक प्रमाणीकरण भएसँगै बजेट सटडाउनमा रहेको सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गतेसम्म बजेट अध्यादेश पारित भइसक्नुपर्नेमा पारित हुन नसकेपछि त्यसयता सरकार बजेटबिहीन बनेको थियो ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक पारित हुन समय लागेपछि सरकार बजेटबिहीनको अवस्थामा पुगेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ३० बजे