माधव नेपालले पार्टी फुटाएर बेइमानी गर्नु भयो : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटाएर माधव नेपालले बेइमानी मात्रै होइन, अपराध गरेको बताउनु भएको छ ।

आज नेकपा एमाले विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विपक्षी एवम् विरोधीसँग मिलेर माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ति गरेको बताउनु भयो ।

पार्टी फुटाउने कसैको पनि राजनीतिक भविष्य राम्रो नभएको उहाँले भन्नु भयो । ढिलोचाँडो अहिले पार्टी फुटाउनेले पनि पछुताउनु पर्ने भन्दै उहँले माधव नेपालले अक्षम्य गल्ती गरेको बताउनु भयो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : ५२ बजे