साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

क्रिकेटर विनोद र पत्रकार सोनिया बीच इंगेजमेन्ट

काठमाडौं –  क्रिकेटर विनोद भण्डारी र खेलकुद पत्रकार सोनीका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद र खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) की सदस्यसमेत रहेकी सोनीकाले आज हिन्दु परम्परा अनुसार इंगेजमेन्ट गरेका छन् ।

सोनीका हाल ग्यालेक्सी फोरकेमा कार्यरत छिन् । यसअघि उनी हिमालय टिभीमा कार्यरत थिइन् । सोनीकाले थुप्रै स्पोर्ट्स प्रोग्राममा प्रस्तोताको रूपमा समेत काम गरेकी छन् । भण्डारी र अर्याल विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : १४ बजे