माधव नेपाललाई पाँच जना मन्त्री दिने सहमती

काठमाडौं । सरकारमा माधव नेपालले पाँचवटा मन्त्रीको कोटा पाउनुहुने भएको छ । आज भएको सर्वदलीय बैठकमा नेपालको पार्टीलाई पाँच मन्त्री र एक राज्य मन्त्री दिने सहमती भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

सरकारलाई साघाउन बनेका कार्यदलले गरेको प्रस्तावलाई नै सामान्य हेरफेर गरेर गठबन्धनको बैठकले अन्तिम रुप दिएको हो । जस अनुसार माओवादीलाई छ जना मन्त्री र एक राज्यमन्त्री जनता समाजवादी पार्टीलाई चार जना मन्त्री र एक राज्य मन्त्री दिने सहमती भएको छ । काँग्रेसले सातवटा मन्त्रालय लिने सहमती छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ५२ बजे