देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना सङ्क्रमितको मृत्यु 

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा  –१० की ३५ वर्षीया महिला  छन् ।

ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो  ।

त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिनुभयो । 

सेतीमै उपचाररत  कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ  ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : २४ बजे