यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

थप १ हजार ४७८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप  १ हजार ४७८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ९३० जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार ४७८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ६३० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २१ हजार १३९ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ६ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ११ हजार ५९ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : २३ बजे