दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सेयर बजारमा हरियाली, १०४ दशमलव ८८ अंकको वृद्धि

काठमाडौँ । आज साताको चौथो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १०४.८८ को फराकिलो अंकले वृद्धि भएको छ । ३.८७ प्रतिशतले बढेर नेप्से परिसूचक २८१६.९५ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएका सबै समूहका परिसूचकमा वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचकमा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ ।

जलविद्युत्‌ समूहको परिसूचक पाँच दशमलव ५७ प्रतिशतले बढेको छ । २५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । कुल सेयर कारोबार ६ अर्ब १७ करोड रुपैयाँ बराबर छ । ७२ हजार सात सय १४ पटकको किनबेचमा एक करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५९ बजे