यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु

रोल्पा – रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 

    जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताउनुभयो । त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा लडिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ । 

रासस

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५५ बजे