सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

हिन्द-प्रशान्त क्षेत्रमा सहकार्य गर्न मोदीलाई फ्रान्सेली राष्ट्रपतिको प्रस्ताव

पेरिस । हिन्द-प्रशान्त क्षेत्रमा सहकार्य गर्न  फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ताव गरेका छन् । अस्ट्रेलियाले फ्रान्ससँग गरेको ४२ अर्ब डलर वरावरको परमाणु सम्झौता रद्द गरेको पृष्ठमूमिमा मोदीसँगको टेलिफोन संवादमा राष्ट्रपति म्याँक्रोले यस्तो प्रस्ताव गरेका हुन् । 

हिन्द-प्रशान्त क्षेत्रमा खुला र समावेशी ढंगले संयुक्त ढंगले अगाडि बढ्ने दुबै नेताले सहमति जनाएका छन् । संवादका क्रममा भारतको उद्योग र प्रविधिलाई सशक्त पार्ने बारेमा राष्ट्रपति म्याँक्रोले फ्रान्सको प्रतिबद्धता दोहोराएका थिए । त्यस अवसरमा म्याक्रोले दुई देशको साझेधारी क्षेत्रीय, स्थायित्व र विधिको शासन प्रबद्र्धनमा केन्द्रित हुने बताएका थिए । 

संवादमा अफगान संकटबारे पनि छलफल भएको म्याँक्रोको कार्यलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

अस्ट्रेलियाले हिन्द महासागरमा चल्ने परम्परागत पनडुब्बी निर्माण गर्ने बारेमा सन् २०१६ मा फ्रान्ससँग गरेको सम्झौता रद्द गरेको थियो । उसले परमाणु उर्जामा चल्ने आठ ओटा पनडुब्बी निर्माणका लागि अमेरिका र वेलायतसँग यसै साता सम्झौता गरेको छ । अकस नाम दिइएको सो सम्झौतापछि अमेरिका, वेलायत र अस्ट्रेलियासँग फ्रान्स क्रुद्ध छ । 

अन्तिम समयमा आएर अस्ट्रेलियाले धोका दिएको फ्रान्सले आरोप लगाएको छ ।

एजेन्सी

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : १६ बजे