दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विकास बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी एक सातामा कति भयो ?

काठमाडौं । विकास बैंकहरूले एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य विस्तार गरेका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांकअनुसार एक साता (२६ भदौदेखि १ असोज) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरूले गत साता दुई अर्ब ४८ करोडले निक्षेप वृद्धि भएको छ । गत साता चार सय १७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेकोमा १ असोजसम्ममा निक्षेप वृद्धि चार खर्ब १९ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी तीन खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

तथ्यांकअनुसार एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन शून्य दशमलव ५९ प्रतिशत र कर्जा लगानी १ दशमलव ४६ प्रतिशतले विस्तार भएको हो ।

त्यसैगरी, विकास बैंकको ऋण पाँच अर्ब ३९ करोड रुपैयाँले बढेको छ । गत २६ भदौमा तीन सय ६८ अर्ब ८० करोड रुपैयाँ रहेको विकास बैंकको ऋण १ असोजसम्म आइपुग्दा तीन सय ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । साताभर कर्जाको वृद्धिदर भने १ दशमलव ४६ प्रतिशतले बढेको छ ।
 
त्यस्तै, क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप संकलनमा सामान्य गिरावट आएको छ । तर, कर्जा लगानीमा भने वृद्धि भएको छ । क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप एक सातामा आठ लाख ४० हजार रुपैयाँले घटेको छ । कर्जा लगानी भने १२ करोड ६६ लाख रुपैयाँले वृद्धि भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ०५ बजे