साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

पहिलो हाफमा नेपाल हङकङ बराबर

काठमाडौँ – एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत दोस्रो खेलको पहिलो हाफ बराबरीमा समाप्त भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलको पहिलो हाफ गोल रहित बराबरीको अवस्थामा समाप्त भएको हो । दुबै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् । नेपालले भने हङकङको तुलनामा राम्रो खेल प्रस्तुत गरेको छ ।

प्रशिक्षक फिलिप्स ग्यारिले फिलिपिन्ससँगको खेलबाट एक मात्र खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पूजा रानाको स्थानमा विमला विकले हङकङबिरुद्ध खेल्नेछिन् ।

रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती-११ मा प्रिती राई, सविता राना मगर र विमला चौधरीलाई अट्याकको भूमिका निभाउनेछन् ।

यस्तै मिडलाइनमा रेणुकासहित, दीपा राई, मन्जलीकुमारी योञ्जन र सरु लिम्बूलाई जिम्मेवारी दिएका छन् ।

यस्तै डिफेन्समा हिराकुमारी भुजेल, गीता राना, अमृता जैशी र विमला विक रहेकी छिन् ।

गोलरक्षकमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छिन् । यसअघि पहिलो खेलमा नेपाल बलियो फिलिपिन्ससँग २(१ गोल अन्तरले पराजित भएको हो ।

नेपालको सुरुवाती-११

गोलकिपर- अन्जिला सुब्बा

डिफेन्डर-हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला विक

मिडफिल्डर-रेनुका नगरकोटी, सरु लिम्बू, मन्जली कुमारी योञ्जन

फरवार्ड-प्रिती राई, सविता राना मगर, विमला चौधरी

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ३९ बजे