सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अस्ट्रेलियामा निर्माण क्षेत्रमा खोप अनिवार्य गरिएपछि तोडफोडमा उत्रिए मजदुर

एजेन्सी – सरकारले अस्ट्रेलियाको मेलवर्नका निर्माण क्षेत्रमा कोभिड खोप अनिवार्य गरेपछि त्यसको बिरोधमा मजदुरहरु तोडफोडमा उत्रिएका छन् । सरकारले निर्माण क्षेत्रमा काम गर्ने मजदुरले कम्तिमा एक डोज खोप अनिवार्य लाउनुपर्ने व्यवस्था गरेपछि उनीहरु तोडफोडमा उत्रिएका हुन् । झडपपछि भिक्टोरिया राज्यले मेलबर्नका निर्माण क्षेत्र बन्द गरेको छ । 

खोप अनिवार्य गरिएपछि विवाद बढेसँगै त्यहाँका निर्माण क्षेत्र दुई साताका लागि बन्द गरिएको अधिकारीहरूले जनाएका छन् । मजदुरले खोपको बिरोध गर्दै सार्वजनिक सम्पत्ती तोडफोड गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले रबरका गोली र पानीका छर्रा प्रयोग गर्नुका साथै दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । 

निर्माण क्षेत्रमा कोभिड संक्रमण फैलिने भन्दै सरकारले खोप लगाएकालाई मात्र काम गर्न दिने नियम हालै ल्याएको थियो । कोरोनाबाट अस्ट्रेलियामा अहिलेसम्म ११ सय ६७ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ८७ हजार संक्रमित बनेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : ४४ बजे