दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

दशैंकाे मुखमा रोकिए व्यवसायीका कन्टेनरहरु

सिन्धुपाल्चोक – दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो । 

नेपाल-चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएको  तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए । नाकामा सहजीकरण गर्न र व्यापार सहज बनाउन अवरुद्ध सडक र लगातारको वर्षाका कारण सडक सञ्चालनको काम सार्थक बन्न सकेको छैन । 

भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । नेपाली व्यापारीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । नाकाबाट नेपालीको आउजाउमा प्रतिबन्ध छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान सकेको छैन । 

तातोपानी भन्सार कार्यालयमा असार महिनामा ११ करोड ३९ लाख राजश्व संकलन भएको छ । साउनमा सात करोड २१ लाख राजश्व संकलन भएको छ । गत वर्षको साउनमा तीन करोड ४८ लाख राजश्व उठेकोमा यस वर्ष सात करोड २१ लाख संकलन भएकाले निकै प्रगति देखिएको अधिकृत ढकालले बताए । गत वर्षको सालमा कोभिड र बाढीपहिरोले सडक सञ्चालन नहुँदा खासै सामान नभित्रिएकाले राजश्व कम उठेको भन्सारले जनाएको छ ।

तातोपानी र केरुङ नाकाबाट सामान आयातमा समस्या देखिएपछि व्यापारीले समुद्रीमार्गबाट सामान ल्याउन लागेका छन् । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा केरुङ र तातोपानी सडकमा पटक–पटक पहिरो चल्दा निम्तिएको सडक अवरोधलगायत कारणले सामान ल्याउन ढिलाइ भएको हो ।

सडकमार्ग हुँदै आयात गरिएको सामान १५ दिनमै नेपाल आइपुग्छ । आयातमा लगाइएको सीमाका कारण यस वर्ष पनि दशैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानीतर्फको खासा र रसुवातर्फको केरुङमा थन्केका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिदा आयातकर्ताले मालसामान दशैंमा बेच्न पाउने आश मार्न थालेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ३ : २६ बजे