‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपालमा फेरि कोरोना त्रास: सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, ८ चैत–छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। 

आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो ।

 

उहाँले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गर्नुभएको छ ।

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न र कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न मन्त्रालयको अनुरोध छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ३३ बजे