सुनको मूल्यमा नयाँ कीर्तिमान

माधव नेपालसहित १४ सांसदकाे पद खारेजी मुद्दाकाे आज पनि सुनुवाइ हुने

काठमाडौं – नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।

सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेपालसहित १४ सांसदलाई गरेको कारवाही कार्यान्वयनको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

एमाले १४ जना सांसदलाई कारवाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ ।

एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारवाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारवाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारवाही गर्नु नपर्ने निर्णय गरेका थिए । 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ३४ बजे