यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

‘मिसेस नेपाल वर्ल्ड’को तयारी

काठमाडौं–रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षबाट ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा आयोजना हुने भएको छ । सन् २०१९ मा ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई ‘मिसेस नेपाल वर्ल्ड’को रूपमा आयोजना हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट ‘मिसेस नेपाल वर्ल्ड’ र ‘मिसेस नेपाल इन्टरनेसनल’का साथै ‘एमएस नेपाल इन्टरनेसनल’ गरी तीन विजेताहरुको छनोट गर्नेछ ।

यसैगरी ‘मिसेस इन्टरनेसनल नेपाल’ तथा ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ । विगतको वर्षहरुमा झैं सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सर विरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्धा बनाएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ३० बजे