सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संयुक्त राष्ट्र सङ्घका प्रमुखद्वारा अफगानिस्तानमा सहयोगको आग्रह

न्यूयोर्क – संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गर्नुभएको छ ।

    गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रहगर्नु भएको सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्रसङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो । 

    सिन्ह्वाले संयुक्त राष्ट्रसङ्घ प्रमुखलाई उद्धृत गर्दै भनेको छ, संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । 

    हामी अफगानी जनताको समर्थन गर्न को लागि तपाइँ सबैसँग काम गर्न को लागि तत्पर छौँ ।

    को हालको स्थिति छिटो र अप्रत्याशित ढङ्गले विकसित हुँदै गएको छ । तर अफगानी जनता चरम गरिबीको उन्मूलन गर्न, रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःयथावतरूपमा सञ्चालन होस् भन्ने चाहान्छन् ।

    विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

    शुक्रवार संयुक्त राष्ट्रसङ्घ शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानको मानवीय स्थितिलाई असाध्यै निराशाजनकू भन्दै खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका निम्ति जोड दिनुभएको छ । 

रासस/एएनआई

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०९ बजे