यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बँदेललाई थापेको विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।  

बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर बर्दिया स्थीत ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको हो।

 शुक्रबार राति करिब १०ः३० बजेको समयमा उक्त घटना घटेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले घटनाबारे थप अनुसन्धान भइरहेको  जानकारी दिनुभयो ।  बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिका बस्ने ८३ वर्षका राजबहादुर शाहीले आफनै खेतमा विधुतिय पासो लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ५१ बजे