म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
भोट बैङ्कसँग डर लाग्छ मलाई
म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
शक्ति विहीन हुने डर छ मलाई
म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
रवाफ देखाउन नपाउँला भन्ने डर छ मलाई
म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
परिवारलाई क्यापिटालिष्ट विलासी जीवन दिन नसकुँला भन्ने डर छ मलाई
मेरो आईडियोलोजी र मेरो डरको मिश्रणले म के हो, के होइन,
म आफैँ आफूलाई चिन्दिन
अनि त्यही म समाजलाई साम्यवादमा लैजान नेतृत्व दिदैँछु।
प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ९ : ४१ बजे
प्रतिक्रिया