एमालेको जागरणसभामा जे देखियो…

कविता : एकमुठी सास

जन्मेर हामी संसार देख्न यो जुनी लिएका

रमाउ भनि सृष्टिले पनि प्रकृति दिएका

हाँसेर खेल बाँचेर नाच सुन्दर जीवन

छिनैमा जान्छ एक मुठी सास हुँदैन ठेगान

 

ईष्या र राग कहिल्यै पनि मनमा नलिनु

पाएको जुनी एक बार होनि अमिर्थे नगर्नु

लानु नै केछ मरेर जाँदा शरीर मात्रै हो

कमाए शत्रु बनाए मित्रु जीवन यात्रा हो

 

छिनैमा ढल्छ शरीर जब के भर हुन्छर

निष्ठुरी दैव आयो नै भने के बिन्ती सुन्छर

आउँछ आफै टपक्क टिप्न लिएर जानेछ

बोल्दैछ मान्छे फेर्दैछ सास छिनैमा अल्पिन्छ

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ४३ बजे