‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

दाङ – श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो । 

सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ३८ बजे