सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन : इमरान खान

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् ।

सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री ख़ानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए । आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो ।  

अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता हुनु र तालिवान सत्तामा आएपछि विश्वमा अफगानिस्तानले नयाँ परिस्थितिको सामना गरिरहेको खानले बताए ।

उनले सबै आफगानी नागरिकको अधिकारको रक्षा जरूरी रहेको र तालिवानले सबैलाई समेटेर जानुपर्ने बताए । आफगानिस्तानलाई पुन: आतंकवादीको आश्रयस्थल बन्न नदिने सुनिश्चितता पनि गर्नुपर्ने खानको सुझाव थियो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : १८ बजे