यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

करार स्वास्थ्यकर्मी घर फर्के, स्वास्थ्य सेवामा समस्या 

जाजरकोट – डोल्पाको जिल्ला स्वास्थ्य सेवा कार्यालय करार स्वास्थ्यकर्मीको भरमा चलेको छ । करार चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरूकै भरमा स्वास्थ्य कार्यालय चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए । 

४३ जनामध्ये १० जनामात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उनले बताए । करारमा रहेका कर्मचारीको शुक्रबार नै म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले जानकारी दिए । 

करारका कर्मचारीलाइ म्याद थप्नका लागि र तलब भत्ताका लागि  २६ लाख बजेट माग गरिएको छ । तर, अहिलेसम्म रकम नआएको उनले बताए ।  करारका सबै स्वास्थ्यकर्मी हटाउँदा काम गर्न नै नसकिने अवस्था रहेको छ । १५ शश्याको स्वास्थ्य सेवा कार्यालयमा करारकै स्वास्थ्यकर्मीको भरमा चलेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ४४ बजे