‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त

लुम्बिनी। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ  ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ (१) अन्तर्गत आइतवार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

पोखरेलले आइतवार बिहान मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । 

लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति मार्फत जनाउनुभएको छ । 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ५१ बजे