यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

हिल्सा पुग्यो सीमा अनुगमन टोली

सिमकोट । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ ।

सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

नाम्खा गाउँपालिका–६, लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि त्यहाँ पुगेका हुन् । टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटुवाल छन् ।

नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नम्बर–६, लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमास्तम्भमा पुगेका थिए । मन्त्रालयको उक्त टोली भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए । 
 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १८ बजे