सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परीक्षण

सोल – उत्तर कोरियाले बुधबार दिउसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ ।  देशको पूर्वी समून्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
   
उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ । दक्षिण कोरियाको समाचार संस्था योन्हापले श्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरणहरु मात्रै उल्लेख छन् ।
 
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना संकलन भइरहेको जनाएका छन् ।

रासस÷एएनआई

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ५३ बजे