साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राष्ट्रिय खुकरी मार्सल आर्ट्स च्याम्पियनसिप प्रतियोगिता हुँदै  

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघको आयोजनामा राष्ट्रिय केन्पो खुकरी मार्सल आर्ट्स च्याम्पियनसिप प्रतियोगिता हुनेभएको छ । यही असोज ८ देखि हुने प्रतियोगितामा सात बटै प्रदेशबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  

प्रतियोगितामा विभिन्न ४ विधाका प्रतिस्पर्र्धीबचि प्रतियोगिता  हुनेछ। फलकेन्पो, सेमिकेन्पो, सेल्फ डिफेन्स र खुकुरी काता अन्तर्गत विभिन्न स्पर्धामा खेल हुनेछ ।

अध्यक्ष पाण्डेले कोभिड–१९ का कारण सुस्त रहेको खेलकुद गतिविधि अगाडि बढाउन र खुकुरी कातामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।  उक्त प्रतियोगितामा फूल र सेमी केन्पोअन्तर्गत विभिन्न तौल समूहमा खेल खेलाईने छ भने  सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेलमात्र हुनेछ । दुईदिनसम्म चल्ने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ३६ बजे