साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चन्द्रागिरी नगरपालिकाका विद्यालय असोज १ देखि खुलाइने

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । 

नगरप्रमुख स्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिनुभयो । 

पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् ।  

काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ४६ बजे