‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शंकर पोखरेललाई नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

बुटबल– नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनस् शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुनस् मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए ।  मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिने ढकालले बताए । लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सदस्यमुक्त भएपछि अहिले प्रदेशसभामा ८१ जना सांसद छन् । त्यसमा एमालेका मात्र ४१ जना छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १२ : ०३ बजे