​​​​​​​सडकमा हिँडिरहेका व्यक्तिको करेन्ट लागेर मृत्यु

इलाम – इलामको सूर्योदय नगरपालिका- १० फिक्कल बजारमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा सडक पेटीमा हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतकको मानसिक सन्तुलनसमेत ठिक नभएको प्रहरीको भनाइ छ ।

उनी बजारमा मागेर गुजारा गर्ने व्यक्ति रहेको बताइएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको इलामका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : २८ बजे