‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रक्सौलमा ३ व्यवसायीको हत्या, सीमा क्षेत्रमा सन्त्रास

वीरगन्ज । वीरगन्जको सीमावर्ती रक्सौलमा सोमबार ३ जना व्यवसायीको हत्या भएसँगै अहिले सीमा क्षेत्रमा सन्त्रास छाएको छ । 

गए राति रक्सौलका सुन व्यवसायी कपिल देव सर्राफ र चन्दन सर्राफको आपराधिक गिरोहले पसलमै प्रवेश गरी गोली प्रहार गर्दा दुवै जनाको मृत्यु भएको छ । यो घटनाले रक्सौल बजारमा त्रास छाएको छ । 

रक्सौलमा नयाँ आएका डिएसपीलाई आपराधिक घटना बढे सँगै चुनौती थपिएको छ । श्रृंखलाबद्ध रुपमा एक दिनमै ३ जनाको हत्या भएपछि रक्सौलको जनजीवन आतङ्कित भएको र शान्ति सुरक्षाको माग गर्दै स्थानीय बासिन्दा, उद्योगी व्यवसायी सडकमा उत्रिएको रक्सौल सहकर्मी राजेश केसरीवालले बताएका छन् । 

यसअघि हिजै रक्सौलमा एक व्यवसायीलाई छुरा प्रहार गरी हत्या गरिएको थियो । रक्सौलको रामगढवा थाना पिपरपाती चोक शिव मन्दिर नजिक पूर्व वडा सदस्य समेत रहनु भएका कुखुरा व्यवसायी बुन्नीलाल साहलाई छुरा प्रहरी गरी हत्या गरिएको थियो । 

रक्सौल बजारमा चाडबाडको क्रममा नेपालीहरू कपडा तथा दैनिक आपूर्तिका सामान खरिदका लागि पुग्ने गरेको र बजारमा सुरक्षा व्यवस्था नहुँदा नेपालीहरू समेत असुरक्षित भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : १३ बजे