एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो ।

मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ । दोस्रोमा विकास बैंक छ । निर्जिवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । अन्य बाँकी सबै समूहको सूचकमा शून्य दशमलवभन्दा धेरै गिरावट आएको छ ।

आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ता छन् । कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : ४९ बजे