सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विद्यालयबाट चीनमा फैलियो कोरोना संक्रमण

एजेन्सी – चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  

एक विद्यार्थीका बाबुबाट संक्रमण फैलिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । ती विद्यार्थीका बाबुलाई गत साता कोभिड पोजेटिभ देखिएको थियो । विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीलाई एक साताभित्र कोभिड परीक्षण गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । पछिल्लो चार दिनमा एक सयजनामा संक्रमण देखिएको छ । 

एक महिनाअघि नानजिङमा महामारी फैलिएको थियो । सो महामारी वुहानपछिकै ठूलो मानिएको थियो । 

पछिल्लो समयमा फुजियान प्रान्तको पुटियान सहर कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फुजियानमा ३० लाख मानिस बसोबास गर्छन् । 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : २९ बजे