कोरोनापछि भाइरल ज्वरोका बिरामी बढ्दै

काठमाडौं । पछिल्लो समय अधिकांश अस्पतालमा भाइरल ज्वरोको समस्या लिएर जाने विरामीको संख्या हवात्तै बढेको छ । कोरोना भाइरसले आतङक मच्याइ रहेको बेला कोरोना हो की भनेर भाइरल ज्वरो बोकी अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या दिनानुदिन बड्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका बिरामी भएको अस्पतालले जनाएको छ ।

मौसम परिवर्तन भएसगै मौसमी भाइरल रोग, भाइरल रुघाखोकी र भाइरल ज्वरो आउने सामान्य भएता पनी सुरक्षाको मापदण्ड पालना नगर्दा स्वास्थ्य स्थिति बिग्रने चिकित्सकले बताएका छन् । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको उनिहरुको भनाइ छ । भाइरल रोगमा सामान्य ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षण कोरोना भाईरस सँग मिल्ने भएकाले बिरामी आत्तिएर मनोरोग को समेत सिकार हुने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ । 

भाइरल रोग त्यति धेरै खतरनाक हुदैन तर पनि मौसम आनुसारका लुगा लगाउने, तातो झोलिलो पदार्थ पिउने, व्यायाम गर्ने दैनिक रुपमा सरसफाई गर्ने पौष्टिक खाना खाने, स्वास्थ व्यवहार अबलम्बन गरेमा ठिक हुन्छ तर भाईरल रोगहरुलाई सामान्य रुपमा लिएमा यसको परिणाम भयानक हुने चिकित्सकहरु बताउँछन् ।
 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ३९ बजे