‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हत्यामा संलग्न भतिज र ज्वाइँ पक्राउ

गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिका- ७ का ४८ वर्षीय शिवबहादुर पुलामीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ ।

गत २४ भदौमा मादक पदार्थ सेवन गरेर उनकै भतिज २७ वर्षीय हिमबहादुर पुलामी र ज्वाइँ सत्यवती गाउँपालिका- ३ का २१ वर्षीय हिमाल राहदीले मृतक पुलामीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

कुटपिटपछि गम्भीर घाइते पुलामीको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा २७ भदौमा मृत्यु भएको थियो । घटनापछि फरार दुई जनालाई अहिले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको पाण्डेयले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : १४ बजे