पत्रकार लोग्शरी कुँवर र सञ्जय खड्काद्वारा लिखित पुस्तक ‘शल्यक्रिया’ सार्वजनिक

काठमाडौं । पत्रकार लोग्शरी कुँवर तथा सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ विमोचन गरिएको छ ।

राष्ट्रिय महिला आयोगमा एक कार्यक्रमका बीच कुँवर र खड्काद्वारा लिखित बोक्सी प्रथामा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’ को विमोचन गरिएको हो ।

समाजमा बोक्सीको आरोपमा मान्छेबाट मान्छेमाथि भइरहेको मध्ययुगीन बर्बरता र यो सम्बन्धी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनबारे पुस्तकमा समेटिएको बताइएको छ । पुस्तकमा कुरीति विरुद्ध लड्ने सकारात्मक पाटो भएकोले यो पुस्तक एउटा आलेख बन्न सक्ने कार्यक्रममा सहभागीले बताएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ३५ बजे