‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।   विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज बोलाइएको थियो । तर विशेष अधिवेशन हुनुभन्दा पहिला नै मुख्यमन्त्री पोखरेलले राजिनामा दिएका हुन् । 

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र पोखरेलले विश्वासको मत लिने स्रोतले बताएको छ ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५४ बजे