असोज ४ बाट दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौँ –​​​​​​​ दसैँतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नयाँ नोटहरु पठाएको छ। 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोटहरु पठाएको बताउनुभएको हो ।  उहाँले बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोटको सटही  समायानुकूल गर्न सक्ने बताउनुभएको छ । प्रमुख नेपालका अनुसार राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट सटहीको व्यवस्था गर्नेछ।

नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा सातवटै प्रदेशको प्रादेशिक कार्यालयमा व्यवस्था गरिएको छ।

नयाँ नोट सटहीका लागि एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँमा रु. ५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका नयाँ नोटको एक/एक बन्डल पाउँनेछन् । 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : ४७ बजे