सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेबाट निस्कासित १४ सांसदको रिट हेर्न नभ्याइनेमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज हेर्न नभ्याइनेमा परेको छ ।

मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलास तोकिएको थियो ।  बेञ्च-बार समन्वय समितिको बैठक परेकाले उक्त मुद्दाको सुनुवाइ हेर्न नभ्याइनेमा raakheko हो ।  

एमालेको गत साउन २५ गते बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । एमालेका अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीको  साधारण सदस्य र सांसद सदस्यबाट निष्कासित  गरेकाहरुलाई  सभामुखले  पदमुक्त नगरी गैरकानूनी काम गरेको र  ती १४ जना व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सभामुख सापकोटाले एमालेका १४ सांसदलाई निष्कासन गरेको सूचना सचिवालयले नटाँसेपछि माधव नेपालले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएपछि  संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने भनी अन्तिममा सूचना टाँस गरेको थियो । 

पार्टीले कानूनबमोजिम प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त नगरेर सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा विगत केहि दिनदेखी सदन अबरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ४३ बजे