सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इराकी प्रधानमन्त्री इरानमा

तेहरान – इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ आइतबार इरानको राजधानी तेहरान पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुग्नुभएको हो । 

उहाँले इरानका आफ्ना समकक्षीसँग विभिन्न द्धिपक्षीय तथा अन्य आन्तरिक विषयमा वार्ता गर्नुहुने बताइएको छ ।  प्रधानमन्त्री मुस्ताफाले इरानी राष्ट्रपति इब्राहिल राइसीसँग वार्ता गर्नुहुने छ । त्यसक्रममा उहाँहरुबीच आपसी हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी गर्नुहुने बताइएको छ । साथै सो वार्तापछि इराक र इरानका विभिन्न सहमती र समझ्दारी हुने पनि बताइएको छ । तर के कति विषयमा यी दुई देशका बीचमा सहमति हुदैछ भन्ने बारेमा भने केही बताइएको छैन । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४७ बजे