दाङका विद्यालय भोलिदेखि खुल्ने

दाङ । दाङमा भोलि सोमबारदेखि शिक्षालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय भोलिदेखि खुल्ने भएका हुन् ।

स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो ।

आज डीसीएमसीको बैठकले कार्यपालिकाको सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय सञ्चालन हुने दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

उनले भने, डिसिएमसीको आजको बैठकले विद्यालय सञ्चालनका लागि कार्यपालिकाले पेस गरेको सिफारिस अनुमोदन गरेको छ। स्मार्ट लकडाउन निर्देशिका २०७८ अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा आउनेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ४० बजे