सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

शेयर बजारमा उच्च अङ्कको वृद्धि

काठमाडौँ – आज शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । आज परिसूचक ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको दुई सय ९९ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ । आज १० कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ ।

आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : २९ बजे