काठमाडौं उपत्यकाको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको संक्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सीसीएमसीको समीक्षापछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ ।

गएको सातादेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा हटेर सामान्य अवस्थामा सबै किसिमका व्यवसायहरू सञ्चालन भइरहेका छन् । विद्यालयहरू स्थानीय तहको अनुमतिमा सञ्चालन भइरहेका छन् ।

आउँदो असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारी र अभिभावकबीच सहमति भइसकेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : १८ बजे