साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

अन्तर नगरस्तरिय फुटसलको उपाधि चन्द्रागिरिलाई

काठमाडौँ । अन्तर नगरस्तरिय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधी चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । 

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर –१० स्थित जि फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो । 

तारकेश्वर , चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागीता रहेको उक्त प्रतियोगितामा चन्द्रागिरि , कीर्तिपुर  र टोखा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।  

विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकूद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । 

तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ४० बजे