साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

रोहितको उत्कृष्ट ब्याटिङमा पपुवा न्युगिनीलाई २३४ रनको  टार्गेट

 काठमाडौं – युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ ।

कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो । 

नेपालका युवा ब्याट्सम्यान रोहितले सर्वाधिक ८६ रन बनाए । १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा अविजित रन बनाएका हुन् । कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन बनाए । ७० बल खेलेका मल्ले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यस्तै, करण केसीले ४२ रन बनाए बनाए । जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । विकेट किपर विनोद भण्डारीले १७ रन बनाए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३-३ रन बनाएर आउट भएका थिए । 

नेपालले एक्स्ट्रा २४ रन पाएको थियो । 

पपुवा न्युगिनीका काबुआ मोरेयाले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राखेका थिए । यस्तै, नोमान मानुआ, चाद सोपर र कार्लेस् अमिनीले १-१ विकेट लिए । 

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ३९ बजे