‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिलाजित र यार्सागुम्बा सहित पक्राउ

काठमाडौं – चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट कागजपत्र नभएको करिब ४ किलो ६ सय ग्राम शिलाजित जस्तो देखिने वस्तु र करिब ९५ ग्राम यार्सागुम्बा जस्तो देखिने वस्तु सहित लमजुङ भुजुङ गाउँपालिका-४ बस्ने २७ वर्षीय देउ बहादुर गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नागढुङ्गास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लमजुङ बेशीसहरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१०५ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा गाडीमा सवार गुरुङलाई झोलाभित्र लुकाई ल्याएको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ३२ बजे