सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड को बजेट पेस

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । 

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए । बजेटमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ।संसद चलिरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने नारावाजी गर्दै विरोध जना​​​​​​​ एका थिए । एमालेको विरोधका बाबजुत सभामुखले संसद चलाएका थिए । 

​​​​​​​

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : २६ बजे