सुनको मूल्यमा नयाँ कीर्तिमान

अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा 

​​​​​​​काठमाडौं – व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ । 

आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।  तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो । 

२०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको  बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : २८ बजे