एमसीसी प्रतिनिधिकसँग प्रचण्डले भने, सबै दलसँग सहमति बनाएर अघि बढ्न सकिन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डझसँग नेपाल भ्रमणमा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरशन एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । 

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउनुभएको सचिवालयले जनाएको यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उहाँको धारणा थियोे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ११ : २५ बजे