‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्न सिफारिस

काठमाडौँ– कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

पर्यटनमन्त्री भानुभक्त ढकालका अनुसार कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दश मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको हो । उनले ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागू नहुने बताए ।

‘आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिती भयावह भएको निष्कर्ष रह्यो’ मन्त्री ढकालले भने ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ४२ बजे